काठमाडौं । नेपाली बजारमा पछिल्लो ५ दिनमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा झरेको हो ।
यसर्थ पछिल्लो ५ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ ।
यस्तै यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ३० रुपैयाँमा झरेको छ । यसअघि गत हप्ताको बिहीबार चाँदी प्रतितोाल २ हजार ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।