Logo

डा. केसीले २२ औं दिनमा तोडे अनसन, एमविविएस शुल्क अब बैंक मार्फत

डा. केसीले २२ औं दिनमा तोडे अनसन, एमविविएस शुल्क अब बैंक मार्फत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डा गोविन्द केसीले २२ औं दिनमा आज अनसन तोडेका छन् । केसीले भूकम्पमा परेका अढाई बर्षीय बालिका मर्साङ तामाङको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

शनिवार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुदे सहमती भएसँग आज अनसन तोडेका हुन् । सहमती अनुसार डा केसीले माग गरेअनुसार जेपी अग्रवाल डिन नियुक्त भएका छन् । त्यस्तै डिन केपी सिंहले राजीनामा दिएका छन् ।

सहमतीअनुसार सवै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तका लागि मौजुदा कानुनमा परिवर्तन गर्न ३ महिनाभित्र सुझाव दिनेगरी उच्चस्तरीय समिति गठन हुने भएको छ ।

त्यसैगरी २०७२ भदौ ३१को मन्त्रिपरिषद निणर्यका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीविएस पढ्न उपत्यकाभित्र ३८ लाख ८ हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ । सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइने छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको अनियमिततामा संलग्न भएको भनिएको र पूर्वशिक्षा सचिव जयराम गिरी संयोजकत्वको समितिले औल्याएका पदाधिकारीलाई कारवाहीका लागि पुन अख्तियार समक्ष सिफारिस गर्ने सहमति समेत भएको छ ।

त्यसैगरी मेडिकल तथा डेन्टल कलेज तथा सम्वन्धन, विस्तारित कार्यक्रम र शुल्क तथा सिट निर्धारणलगायत विषयमा भएका अनियमितता छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्न सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्