Logo

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै प्रतितोला २१ सय २० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्