Logo

राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजान भ्रमणमा जाने, मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत

राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजान भ्रमणमा जाने, मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा निस्किने भएका छन् । अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्षधर राष्ट्रहरूको २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने भएका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको अजरबैजान भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेल ६ दिनका लागि त्यसतर्फ जानेछन् । राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजानका लागि प्रस्थान गर्नेछन् ।

उनी वर्ल्ड लिडर क्लाइमेट एक्सन समिटमा सहभागी भएर कात्तिक ३० गते स्वदेश फर्किने छन् । राष्ट्रपति पौडेलको भ्रमण खर्च नेपाल सरकारले व्यहोर्ने मन्त्रिरिपषद्ले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्