काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) बालुवाटारमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराबाट काठमाडौँ केन्द्रीत बनेको रास्वापाको आन्दोलन आज बालुवाटारमा गर्ने तयारी भएको हो ।
रास्वापले आज मध्याह्न १२ बजे बालुवाटारमा भेला भई राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धको वृहत्त प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेको सोमबार दोस्रो पटक बयान लिइएको छ ।