Logo

‘डर्टी पेनिकल’ रोगले धान बालीमा क्षति, उत्पादनमा ८० प्रतिशत ह्रास

‘डर्टी पेनिकल’ रोगले धान बालीमा क्षति, उत्पादनमा ८० प्रतिशत ह्रास



काठमाडौं । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए ।

‘बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ’, उनले भने, ‘सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।’ धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए ।

जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो ।जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताए।मा सम्पन्न, नवप्रवर्तनमा प्रतिबद्धता जाहेर

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज(स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि(मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राखे । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र आइयुसिएन ९इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर० बीच “चेरिस नेचर” नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट९सहयोग परियोजना०मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।

सम्मेलनमा, बान कि(मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र९ग्लोबल न्यु इनर्जि सेक्टर०मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिको योगदानप्रति प्रशंसा गरेयो । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो(कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे ।

बान कि(मुनको सन्देश पछि, दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेइकोको अभिभावक ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिले विश्वव्यापी इएसजि (इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ । यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै “इनोभेसन, ग्रिन, एन्ड सेयरिङ” (नवप्रवर्तन, दिगो, र साझेदारी) मा केन्द्रित ग्लोबल इको(कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रह्यो । आफ्नो ग्रुप भरीमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजि इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास (लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै, प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको छ । यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई “उत्पादन(उन्मुख” बाट “प्रविधि(उन्मुख” तर्फ सफलतापुर्वक परिवर्तन गरेको छ । नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्