Logo

सुरक्षा परिषदको ३५ औं बैठक सम्पन्न, सेनाको हतिहार खरिद गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय

सुरक्षा परिषदको ३५ औं बैठक सम्पन्न, सेनाको हतिहार खरिद गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय



काठमाडौ. । राष्ट्रिय सुरक्षा परिषदको ३५ औं बैठक काठमाडौ.मा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गृहमन्त्री, रक्षामन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिवबीच उक्त बैठक सम्पन्न भएको हो ।

बैठकमा अन्तरराष्ट्रिय स्तरमा देखापरेका परिघटनाहरुले नेपालको राष्ट्रिय सुरक्षामा देखिन सक्ने सुरक्षा खतराको बारेमा छलफल गरिएको थियो । यस्तै यस्तो खतरा निम्तिएमा त्यसलाई रणनीतिक तरिकाले कसरी समाधान गर्ने भन्ने बिषयमासमेत छलफल गरिएको बताईएको छ ।

साथै बैठकले नेपाली सेनाका लागि आवश्यक हातहतियार, खरखजाना खरिद गर्न नीतिगत स्वीकृतिका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्