Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य केहि घटेको छ । पछिल्लो समय लगातार बढेर दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य सोमबार भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला २१६५ रुपैयाँ पुगेको छ । यसअघि आईतबार चाँदी प्रतितोला २१ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्