Logo

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा, फाइनलमा बंगलादेशसँग भिडने

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा, फाइनलमा बंगलादेशसँग भिडने



काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत भयो । भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके ।

त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आइतबारै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्