Logo

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, पुनः हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, पुनः हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला २१ सय ८० रुपैयाँ पुगेको छ । यसअघि गएको शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्