Logo

विश्वकप लिग-२ मा आज अमेरिका र नेपाल भिड्दै, अमेरिकालाई हराउने दाउमा नेपाल

विश्वकप लिग-२ मा आज अमेरिका र नेपाल भिड्दै, अमेरिकालाई हराउने दाउमा नेपाल



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपालले आज (आइतबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ। लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्ल लागेको हो। नेपाल र अमेरिकाबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ।

नेपालले नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्ने छ । लिग–२ का लागि लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका ९ खेलबाट १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलबाट ११ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ।

विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन् । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अंक छ । यसअघि नेपालले अमेरिकासँगको टी–२० सिरिज क्लिन स्विप गरेको थियो । आजको खेलमा अमेरिकालाई उसकै घरेलु मैदानमा हराउने नेपालको दाउ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्