Logo

दोलखा केन्द्रविन्दू भएर ४.५ म्याग्निच्युडको भूकम्प

दोलखा केन्द्रविन्दू भएर ४.५ म्याग्निच्युडको भूकम्प



काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ‘यो केन्द्रबिन्दु भन्दा वरपरसम्म थाहा पाइने खालको भए पनि क्षति पुर्‍याउने खालको नभएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्