Logo

पूर्व अर्थमन्त्री डा.महतलाई सम्मान, पूर्व प्रम चन्दले भने, अर्थतन्त्रको विकासमा महतको ठूलो योगदान

पूर्व अर्थमन्त्री डा.महतलाई सम्मान, पूर्व प्रम चन्दले भने, अर्थतन्त्रको विकासमा महतको ठूलो योगदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डा. यादवप्रसाद पन्त अनुसन्धान प्रतिष्ठानले नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतलाई अभिनन्दन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उनलाई अभिनन्दन गरेका हुन् । नेपालको संरचनात्मक सुधार गरी आधुनिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै डा महतको सम्मान तथा अभिनन्दन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिको बोल्दै चन्दले देशको अर्थतन्त्रमा महतको योगदान, अडान, क्षमता र दृष्टिकोणको खुलेर प्रसंशा गरेका थिए । ‘डा. महतको कार्यशैलीबाट प्रभावित मान्छे हुँ,’ उनले भने, ‘नेपालको आर्थिक विकासमा डा महतले ठूलो जोखिम लिएर सुधार छन्, उनको उदारिकरणकै कारण राजनीतिक अस्थिरता र हिंसात्मक द्वन्द्वका बीच पनि आर्थिक विकास भएको छ ।’

डा महतमा आफ्नो क्षमताका आधारमा नेतृत्व गरेर मुलुकको हरेक क्षेत्रमा सुधार गर्ने हैसियत राख्ने व्यक्ति भन्दै उनलाई सबैले विश्वास पनि गरेको चन्दले जानकारी दिए । ‘डा महतले हालेको जगलाई कसैले मन नपरेपनि हल्लाउन सकेका छैनन् । म त सोह्रैआना उहाँको भनाईसँग सहमत छु,’ उनले भने ।

महतले आर्थिक एजेण्डालाई अग्रभागमा ल्याउन राजनीतिक दलहरुको स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्ने नेता भएको उनको दावी थियो । राष्ट्रिय हितलाई सिरोधार्य गर्ने महतजस्ता नेतालाई जनताले पनि साथ दिने उनको तर्क छ ।
काम गर्न सक्नेलाई नेतृत्वमा पु¥याउनुपर्नेमा जोड दिदै पूर्व प्रधानमन्त्री चन्दले एक सायरी सुनाउदै भने, तर योग्यता क्षमता भएकालाई अघि बढ्न दिइदैन । बाहिर सुन्दर देखिनेको भित्री बानी खत्तम हुन्छ । लोभीलाई धेरै सम्पत्ति मिल्छ । डा महतमा क्षमता भएपनि उहाँलाई अघि बढ्न दिइएको छैन ।

सवैतिर राजनीतिकरण भएकाले काम गर्ने प्रणाली ध्वस्त भएको चन्दको भनाई थियो । स्वर्गीय पन्तको ९२ औ जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा पत्रकार युवराज घिमिरे समाजसेवामा लाग्ने अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो । सो संस्थाले यसअघि पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई पनि अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL