Logo

आजको मौसम : चक्रवात ‘दाना’ को आंशिक प्रभाव, हल्का वर्षाको सम्भावना

आजको मौसम : चक्रवात ‘दाना’ को आंशिक प्रभाव, हल्का वर्षाको सम्भावना



काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ । हाल कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भईहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रबांकी भू-भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्