Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ओरालो लाग्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ओरालो लाग्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुन सोही मूल्यमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मुल्य आज घटेर प्रतितोला २ हजार ७० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्