Logo

दुई मौसमी प्रणालीमा थपियो ‘दाना’ चक्रवातको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

दुई मौसमी प्रणालीमा थपियो ‘दाना’ चक्रवातको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?



काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ । हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज (शुक्रबार) दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक / आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ शनिबार र आइतबारको मौसम पूर्वानुमान

२०८१ कात्तिक १० गते शनिबार

दिउँसो–कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति– कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८१ कात्तिक ११ गते आइतबार

दिउँसो–कोशी प्रदेशलगायत देशका हाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति– देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्