Logo

सोमबार एक्कासी स्थगित भएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने

सोमबार एक्कासी स्थगित भएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने



काठमाडौं । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ । यो नियमित बैठक हो । यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित भएको थियो । सो बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याउने भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल अध्यादेश ल्याउने सरकारको सोच नभएको स्पष्ट पारेका छन् । तर, सरकारकै एक मन्त्रीले भने दल विभाजनसम्बन्धी अध्यादेश तिहारलगत्तै आउने सम्भावना सुनाए । तत्काल सरकारपनि तलमाथि नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्