Logo

रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

रास्वपाले आज पोखराको प्रदर्शन टुङग्याउने, अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने



काठमाडौं । रास्वपाले पोखरा केन्द्रित आन्दोलन बिहीबारदेखि टुंग्याउने भएको छ । पोखरामा अहिले पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरेर अहिले बिहान १० बजे पार्टीले पोखराको वाई चोकमा भेला भएर प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनमा सहभागी हुन पनि रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकलाई आग्रह गरेको छ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्