Logo

तीन महिनामा २५ सय विद्युतीय कार आयात : ६ अर्ब बढी बाहिरियो, पौने चार अर्ब राजस्व आम्दानी

तीन महिनामा २५ सय विद्युतीय कार आयात : ६ अर्ब बढी बाहिरियो, पौने चार अर्ब राजस्व आम्दानी



काठमाडौं । नेपालमा पछिल्लो ३ महिनामा मात्रै २ हजार ५ सय बढी विद्युतीय गाडीहरु भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म नेपालमा विभिन्न क्षमताका २ हजार ५ सय १८ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

विभागका अनुसार यस अवधिमा भित्रिएका विद्युतीय चारपांग्रे सवारीसाधनमार्फत नेपालबाट ६ अर्ब ११ करोड रुपैयाँ बढी बाहिरिएको छ भने ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको राजस्व आम्दानी भएको छ ।

नेपालमा पछिल्लो ३ महिनामा भित्रिएका विद्युतीय चारपांग्रे सवारीसाधनमध्ये ५१ देखि १ सय किलोवाट क्षमता भएका १ हजार ५ सय ८२ ओटा कारहरु नेपाल भित्रिएका छन् ।

यस्तै यसै अवधिमा ७ सय ७२ ओटा ५० किलोवाट क्षमताका, १ सय १ देखि २ सय किलोवाट क्षमताका १ सय ५९ , २ सय १ देखि ३ सय किलोवाट क्षमताका ३ र ३ सय किलोवाट माथि क्षमता भएका २ कार नेपालमा भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्