Logo

एकैदिन ८ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ८ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेर २१ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्