काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट उनले सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्नेछन् ।
ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका काम कारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।