काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको ११.७५ प्रतिशतले नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले बढाएको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी यो अवधिमा १८.७४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.१५ प्रतिशत बढेको छ । बैंकको २ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ।
१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ११.२८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.० प्रतिशत र कर्जा तथा सापटी ३.९२ प्रतिशत बढेको छ ।