Logo

पर्यटन बोर्डको ग्लोवल क्याम्पेनिङ, हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँग सहकार्य

पर्यटन बोर्डको ग्लोवल क्याम्पेनिङ, हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँग सहकार्य


बिजखबर संवाददाता
0
Shares

नेपाल पर्यटन वोर्डले पर्यटन प्रवर्द्धनका लागि विश्वव्यापी अभियान (ग्लोबल क्याम्पेनिङ) सुरु गर्ने भएको छ।

बोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा सो अभियान सुरु गर्न लागेको हो। जसमार्फत वोर्डले विश्वका दर्जनौं बैंकमा नेपालमा पर्यटक भित्र्याउन अभियान थालनी गर्ने बताएको छ ।

बोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत् पर्यटन प्रवर्द्धन गर्ने जानकारी दिएको छ । जापान, फ्रान्स र बेलायतमा रहेका नेपाली दूतावाससँग पनि सहकार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्