Logo

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै

बाढीपहिरोपीडितलाई सरकारले गर्याे ५ करोड आर्थिक सहयोग, प्रतिमृतक २ लाख दिँईदै



काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक २ लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्