Logo

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज २५ दिनपछि सञ्चालनमा, यात्रुवाहक गाडी चलाउन मिल्ने

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज २५ दिनपछि सञ्चालनमा, यात्रुवाहक गाडी चलाउन मिल्ने



काठमाडौं । असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा आएको छ । यात्रुवाहक सवारीसाधन गुड्न मिल्ने गरी आज (मंगलबार) देखि पुलमा गाडी गुड्न थालेका हुन् ।

सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज पुनर्निर्माण भएको हो । सडक विभागले हेटौंडाबाट पाँच ट्रक बढी सामग्री सिन्धुली पुर्‍याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको छ । आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका शुभराज न्यौपानेले जानकारी दिए ।

उनले ढुवानीका साधन चल्न भने पुलको भारलोड थप चेकजाँच गर्नुपर्ने बताए । असोज १०–१२ गतेको अबविरल वर्षापछिको बाढीले बीपी राजमार्गसहितका सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्