Logo

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर पर्यटन व्यवसायी बसन्त मिश्रको निधन



काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ ।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएका छन् ।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापकमध्येका एक हुन् । उनले नेपालमा पर्यटनको प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्