Logo

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो । चाँदीको मूल्य पनि नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्