Logo

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो, लगातार उच्च मूल्यकाे रेकर्ड राख्दै

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो, लगातार उच्च मूल्यकाे रेकर्ड राख्दै



काठमाडौं । शुक्रबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय नेपाली बजारमा हरेकदिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोल ३० रुपैयाँले बढ्दै १९ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्