Logo

उपराष्ट्रपतिले भने, वैदेशिक रोजगारीमा गएर देश बन्दैन, अवको लक्ष्य आर्थिक सम्बृद्धि

उपराष्ट्रपतिले भने, वैदेशिक रोजगारीमा गएर देश बन्दैन, अवको लक्ष्य आर्थिक सम्बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले देशलाइ आर्थिक रुपमा सम्बृद्ध बनाउन युवा शक्ति व्यवसायमा लाग्नुपर्ने बताए । ‘समान्य रोजगारी र वैदेशिक रोजगारीमा देश आर्थिक रुपमा सम्बृद्ध हुँदैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९ औं स्थापना दिवशमा बोल्दै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले कृषि तथा पर्यटनमा लाग्न चाहनेलाई सहुलियत ऋण दिएको र उक्त ऋण लिएर उद्यमशिलतातर्फ लाग्नुपर्छ ।’

नेपाल कृषि प्रधान देश भएर पनि वार्षिक ८ अर्ब रुपैयाँको तरकारी र २३ अर्ब रुपैयाँको चामल खरिद गर्नुपर्ने वाध्यता रहेको जानकारी दिँदै आगामी दिनमा त्यसलाई प्रतिस्थापन गरेर अघि बढ्न आग्रह गरे । आर्थिक विकास सहितको सम्बृद्धि अवको उद्देश्य भएको जानकारी दिँदै युवाहरु त्यसमै केन्द्रित हुनुपर्ने उनको तर्क थियो ।

_BOJ1289 (1)
यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि सहुलियतपूर्ण कृषि कर्जा लिएर व्यवसाय गर्न आग्रह गरेका छन् । ‘राष्ट्र बैंकले कुनै पनि व्यक्तिलाई सहज रुपमा लगानी जुटाउनका लागि सहुलियत कर्जा उपलब्ध गराएको छ,’ उनले भने, ‘१ करोड रुपैयाँसम्मको त्यस्तो कर्जा उपयोग गरी कृषि तथा पर्यटन व्यवसाय गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुनेछ ।’ तर सरकारले दिने कर्जा भन्ने वित्तिकै मिनाहा हनुपर्छ भन्ने मान्यता बोकेका कारण समस्या उत्पन्न भएको उनको तर्क छ ।

साथै, कृषि कर्जा, विपन्न कर्जा जस्ता विषयलाई मिडियाले पनि ग्रामिणस्तरसम्म पुर्याउन सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘मिडियाको काम चटपटे समाचार बनाएर बस्ने होइन,’ उनले भने, ‘देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्