Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा जम्मा भएको उक्त रकम बुधबार (३० असोज) सम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम जम्मा भएको छ।

३० असोजमा कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली संगठनले ५१ लाख र राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्स्योरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

प्रतिक्रिया दिनुहोस्