काठमाडौं । यसपटकको सेजन अवार्ड कान्तिपुर एफएमका किरण अधिकारी र हिमाल खवर पत्रिकाका रमेश न्यौपानेलाई प्रदान गरिएको छ । बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं स्थापना दिवशको अवसरमा उनीहरुलाई अवार्ड प्रदान गरीएको हो । न्यौपाने छापा माध्यम र अधिकारी विद्युतीय माध्यमबाट उत्कृष्ट खोजमुलक समाचारको आधारमा सम्मानीत भएका हुन् ।
उनीहरुले प्रमाणपत्रका साथमा जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै सेजनले यस बर्षबाट शुरु गरेका ‘एचविएल सेजन फेलोसिप’ ४ जनाले प्राप्त गरेका छन् । जसमध्ये अनलाईन विधामा नेपाली पत्र डटकमबाट उद्धव थापा, टेलिभिजनमा अर्थको अर्थबाट सुनिता कार्की, प्रिन्ट विधा नेपालीमा नयाँ पत्रिकाबाट विनय बञ्जरा र अंग्रेजीमा रिपव्लिकाका सागर घिमिरेले फेलोसिप पाएका हुन् ।
सो फेलोसिपको पुरस्कार राशी ५० हजार नै रहेको छ । विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे ।