काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।