Logo

नेपालका तीर्थस्थलहरूको भ्रमण गरी धार्मिक पर्यटनको प्रर्वद्धन गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालका तीर्थस्थलहरूको भ्रमण गरी धार्मिक पर्यटनको प्रर्वद्धन गर्न महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका तीर्थस्थलहरूको भ्रमण गरी धार्मिक पर्यटनको प्रर्वद्धन गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ढकालले हालै मुस्ताङ जिल्लास्थित हिन्दु तथा बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै मुक्तिनाथ मन्दिरसम्म पुग्ने सडक बनिसकेको र विभिन्न ठाउँमा आवासका लागि होटलहरूको पनि व्यवस्था रहेको जनाएका छन् ।

उनले भनेका छन्–‘नेपालमा रहेको पर्यटनको अधिक सम्भावना मध्ये धार्मिक एवम् सांस्कृतिक पर्यटन पनि एक रहेकाले थप पूर्वाधारको विकास गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउन सबैको सहयोग आवश्यक छ। आस्थाका धरोहर मानिने नेपालका यी तीर्थस्थलहरूको भ्रमण गरी धार्मिक पर्यटनको प्रवर्धन गर्न आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्