Logo

एक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो

एक हप्तापछि खुल्यो सुनचाँदी बजार, सुनको मूल्य प्रतितोला १४ सयले बढयो



काठमाडौंं । दशैंको एक हप्ता लामो बिदापछि मंगलबार सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्तापछि सुनचाँदी बजार खुल्दा सुनको मूल्य उच्च बढेको छ ।

महासंघका अनुसार गत हप्ताको बुधबार प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै पछिल्लो एक हप्तामा नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै प्रतितोला १९ सय २५ रुपैयाँ पुगेको छ ।

एक हप्ता अघि अर्थात गत हप्ताको मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस अवधिमा अर्थात पछिल्लो एक हप्तामा विश्व बजारमा भने सुनको मूल्य प्रति औंस १० डलरले बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्