Logo

०७१/ ७२ भन्दा अघि आवद्ध भएका संस्थालाई आवद्धतापत्र नविकरण गर्न आग्रह, ३ महिनाको समय

०७१/ ७२ भन्दा अघि आवद्ध भएका संस्थालाई आवद्धतापत्र नविकरण गर्न आग्रह, ३ महिनाको समय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । समाज कल्याण परिषदले ०७१/ ७२ भन्दा अघि आवद्ध भएका संस्थाहरुलाई ३ महिना भित्र आवद्धतापत्र नविकरण गर्न आग्रह गरेको छ । यस परिषद्को संघ संस्था आवद्धता सम्वन्धी निर्देशिका २०७१ अनुसार प्रत्येक ३र३ वर्षमा यस परिषद्मानविकरण गर्ने व्यवस्था छ ।

सोअनुसार १ हजार शुल्कतिरी परिषद् केन्द्रीय कार्यलयवाट आवद्धताको प्रमाण पत्रनविकरण गराउनु सूचना जारी गरेको हो । साथै यस सम्वन्धी जानकारी परिषद्को वेवसाइटमा राखिएको छ ।

आव ०७१।०७२ देखि आवद्ध भएका संघ संस्था/कम्पनीहरुले ३ वर्ष पुगे पछि नविकरण गराउनु हुन समेत जानकारी गराइन्छ ।
परिषदका अनुसार नविकरण गराउँदा चालु आवको संस्थाको लेखा परिक्षण र बार्षिक प्रगति प्रतिवेदन,चालु आवको नवकिरण भएको जिल्ला प्रशासन कार्यलयको प्रमाणपत्रको प्रतिलिपि, वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुको नामावली पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्