Logo

महासंघका पूर्वअध्यक्ष पाण्डेलाई पत्नीशोक

महासंघका पूर्वअध्यक्ष पाण्डेलाई पत्नीशोक



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेकी पत्नी उर्मिला पाण्डेको निधन भएको छ ।

उर्मिलाको उपचारका क्रममा गएराति अस्पतालमा निधन भएको हो । उनी ७२ वर्षकी थिइन । दुई वर्ष अघि पनि उर्मिलाको मुटुमा समस्या आएको थियो ।

मुटुमा समस्या देखिएपछि गत बिहीबार उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार रिकभर भएर नर्मल वार्डमा ल्याइसकेपछि गएराति १० बजे हृदयघातका कारण निधन भएको हो।

स्वर्गीय उर्मिलाका तीन छोरा प्रवलजंग, प्रतापजंग र प्रज्जवलजंग छन् । बुधबार विहान ७ः३० बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्