Logo

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने

बैंक वित्तीय संस्थाका संस्थापकलाई राष्ट्र बैंकको सहजीकरण, अब ०.५ प्रतिशतसम्म सेयर भएकाले गैरकोष तथा कर्जा सुविधा पाउने



काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सम्म सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिन पाउने व्यवस्था गरेकाे हाे ।

यसअघि संस्थापक समूहका सेयरधनीले यस्ताे सुविधा पाउने गरेका थिएनन् । यद्यपी चुक्ता पुँजीको कुल सेयरको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज गरिएको छ।

नयाँ परिपत्र जारी गर्दै राष्ट्र बैंकले चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एकप्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका व्यक्ति/फर्म/कम्पनी/संस्था, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा त्यस्ता व्यक्तिका वित्तीय स्वार्थ भएका फर्म, कम्पनी, संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई यस्तो सुविधाबाट बन्देज गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्