Logo

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र



काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रिय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले सेयण्र धितोकर्जामा पनि सेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने व्यवस्था गरेको छ ।
सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने कुरा एकिकृत निर्देशनमा उल्लेख गरिएको छ ।

इजाजतपत्रप्राप्त संस्थालले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेसमेत नयाँ परिपत्रमा उल्लेख गरिएको छ ।

मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न भने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्