Logo

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १९ सय ४० मा झरेको छ । यअसघि सोमबार चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्