Logo

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि झिनो गिरावट



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि झिनो अंकले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्