Logo

दशैंमा घरमै बनाउन सकिने मासुका १० परिकार, गर्नुहोस किचेनमा कुकिङको अनुभव

दशैंमा घरमै बनाउन सकिने मासुका १० परिकार, गर्नुहोस किचेनमा कुकिङको अनुभव



काठमाडौं । दशैंलाई मासुका परिकारहरुको चाड पनि भन्ने गरिन्छ । प्राय घरमा यहि समयमा मासु खानेहरुले मासुका विभिन्न परिकारहरु पकाउन खुव रहर गर्छन् । अझ मासुका परिकारहरू नेपाली खानामा स्वादको प्रतिकका रुपमा लिइन्छ ।

मासुका परिकारहरूको तयारी गर्दा परंम्परागत मसालाहरू, स्थानीय सामाग्री र पकाउने विधिले पनि स्वादको अर्थ राख्छ । विशेष गरि बिदाको समय हुने र परिवारसँग मनाइने पर्व भएकाले यो समयमा धेरैले आफै किचनमा छिरेर मासुका परिकारहरु तयार गर्न रुचाउँछन् । आज हामीले यो लेखमा दशैंको विशेष अवसरमा घरमै तयार गर्न सकिने १० उत्कृष्ट मासुका परिकारहरूबारे चर्चा गरेका छौँ ।

१. मटन करी

मटन करी दशैंको मुख्य परिकारमध्ये एक हो । यसलाई बनाउनका लागि खसीको मासुलाई अदुवा–लसुनको पेस्ट, दही, खुर्सानी, धनियाँ पाउडर, र बेसारमा मोलेर आधा घण्टा राख्नुपर्छ । त्यसपछि प्याज, टमाटर, गरम मसला, र अन्य मसलाहरुलार्य फ्राई गरेर खसिको मासु पकाउनुपर्छ । यसलाई पकाउँदा मध्यम तापमा पानी हालेर मटन नरम नहुँदासम्म पकाउँदा मिठो हुन्छ ।

२. मटन छोयला

छोयला विशेष गरी नेवारी परिकार हो । मासुलाई बलिरहेको आगोमा ग्रिल गरेर मासु राम्रोसँग सेक्नुहोस् । त्यसपछि जिरा, खुर्सानी, अदुवा, लसुनको पेस्ट, काँचो लसुन, प्याज, कच्चा तोरीको तेल, धनियाँपात हालेर यसलाई साँधेजस्तो गर्नुहोस । अलिकति तोरीको तेल र नुन थपेर यसलाई आफ्नो मनपरेको स्वादअनुसारको बनाउन सकिन्छ ।

३. सुकुटी

सुकुटी बनाउनको लागि मासुलाई लामो टुक्रामा काटेर घाममा सुकाउनुहोस् । पकाउनका लागि घाममा सुकेको मासुलाई टमाटर, खुर्सानी, र अदुवा–लसुनको पेस्टमा फ्राई गर्नुहोस् । अलिकति पानी हालेर नरम हुनेगरै पकाउनुहोस् । सुकुटी खासगरी लामो समयसम्म भण्डारण गरी पछिसम्म राख्न सकिने रेसिपी हो ।

४. खसीको मःमः

मम नेपालको लोकप्रिय मासु परिकार हो । खसीको किमामा प्याज, अदुवा–लसुन, बेसार, खुर्सानी, र धनिया मिसाएर मःमःको मिश्रण तयार पार्नुहोस् । खासगरी घरमै मम बनाउँदा मैदाको सट्टा चामलको पिठोको प्रयोग गर्दा हाइजेनिक हुन्छ । चामलको पीठोमा अघि बनाएको किमाको मिश्रणलाई बेरेर स्टिम बनाएर यसको स्वाद लिन सकिन्छ ।
५. खसीको मासु फ्राई
खसीको मासु फ्राई बनाउनका लागि टुक्रा पारिएको मासुलाई मसला, प्याज, टमाटर र खुर्सानीमा माखेर फ्राई गर्नुहोस् । सुनौलो र खस्रो नभएसम्म फ्राई गर्दा यो परिकार झनै स्वादिलो हुन्छ ।

६. चिकेन करी

कुखुराको मासु चाडपर्वमा प्रमुख परिकार हो । मासुमा बेसार, अदुवा–लसुन पेस्ट, दही र मसला लगाएर म्यारिनेट गर्नुहोस् । त्यसपछि प्याज, टमाटर, मसला हालेर नरम नभएसम्म पकाउनुहोस् । थोरै पानी थपेर आफुलाई चाहिनेजति ग्रेवी तयार गर्न सकिन्छ ।

७. गुन्द्रुक र खसीको मासु

खसीको मासु र गुन्द्रुकको विशेष मिश्रणले तयार हुने यो परिकार बनाउँदा पहिला मासुलाई म्यारिनेट गर्नुहोस् । तेलमा फ्राई गरेपछि गुन्द्रुक थपेर पानी हालेर पकाउनुहोस् । यो परिकारले ग्रामीण स्वाद दिन्छ ।

८. चिकेन छोयला

कुखुराको मासुलाई आगोमा सेक्नुहोस् । त्यसपछि अदुवा–लसुन पेस्ट, खुर्सानी, प्याज, लसुन, जिरा, र तोरीको तेल मिसाएर मिक्स गर्नुहोस् । यो पारम्परिक नेपाली परिकार हो ।

९. पक्कुवा

पक्कुवा नेवारी समुदायमा मासुको बिशेष परिकार हो । मासुलाई मसला, खुर्सानी, अदुवा, लसुनमा माखेर तातो तेलमा फ्राई गर्नुहोस् । यो फ्राई भएर खस्रो भएपछि यसलाई खानमा प्रयोग गर्न सकिन्छ ।

१०. खसीको भुटुवा

खसीको भुटुवा दशैंको परम्परागत परिकार हो । मासुलाई मरमसला लगाएर प्याज, अदुवा–लसुन, बेसार र खुर्सानीसहित फ्राई गरेर भुटुवा तयार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्