Logo

सोल्टी होटल ५१ औं बर्षमा प्रवेश, स्वदेशमै रोजगारी सृजना गरेको दावी

सोल्टी होटल ५१ औं बर्षमा प्रवेश, स्वदेशमै रोजगारी सृजना गरेको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोल्टी होटल आफ्नो स्थपनाको ५१ औं बर्षमा प्रवेश गरेको छ । सोल्टि होटलले शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ५० औं बार्षिकउत्सव मनाएको हो ।

सो अवसरमा होटलका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले होटलले पर्यटन प्रवद्र्धनका लागि विशेष भुमिका निर्वाह गरेको बताए । साथै होटलले स्वदेशमै रोजगारी सृजना गरेको दावी गरे ।

होटलका महानिर्देशक उपउल मजुमदरले कार्यक्रम उद्धघाटन गरेका थिए । सोल्टि २०२२ मंसिर १० गते स्थापना भएको हो । शुरुमा १ सय कोठाबाट सेवा शुरु गरेको हो । अहिले नेपाल आउने अधिकांश विशिष्ट पाहुनालाई सोल्टिमा राखिने गरेको छ ।

कार्यक्रममा होटल एशोसियशन नेपालका अध्यक्ष अमरमान शाक्य,टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल, नाटाका अध्यक्ष डीके शर्मालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्