Logo

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरपालिकाको राहत, प्रत्येक पालिकालाई २० लाख सहयोग

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौं महानगरपालिकाको राहत, प्रत्येक पालिकालाई २० लाख सहयोग



काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्