Logo

आइतवारदेखि उपत्यकाका ४ नयाँ रुटमा साझाको सेवा शुरु, यस्ता छन् रुट

आइतवारदेखि उपत्यकाका ४ नयाँ रुटमा साझाको सेवा शुरु, यस्ता छन् रुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साझा यातायातले आइतवारदेखि उपत्यकाका ४ नयाँ रुटमा सेवा सञ्चालन शुरु गरेको छ । साझाले नयाँ रुटमा अपांगमैत्री बससहित सेवा शुरु गरेको हो । आइतवार एक कार्यक्रमवीच प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको बसको उद्दघाटन गरे ।

जसमध्ये रुट नम्वर १ मा लगनखेलबाट कुपन्डोल,त्रिपुरेश्वर हुँदै जमल,पानीपोखरी,नारायणगोपाल चोकदेखि नयाँ बसपार्कसम्म चल्नेछ । सो रुटमा १० ओटा बस चल्ने बताइएको छ ।

त्यस्तै रुट नम्बर २ अन्तर्गत त्रिभुवन विमानस्थलबाट गैशला,रातोपुल,चारखाल,बागबजार,पुरानोबसपार्क, एनएसी,जमल,लैनचौर,ठमेलबाट नयाँबजार पुगी,बालाजुचोक,बाइपासबाट नयाँबसपार्क पुग्ने छ ।

त्यसैगरी रुट नम्बर ३ मा कोटेश्वरबाट मिनभवन,बानेश्वर, माइतिघर,सहिदगेट,त्रिपुरेश्वर हुँदै, कलंकी पुगी त्यहाँबाट सीतापाइला हुँदै स्वयम्भुसम्म पुग्ने छ । सो रुटमा १० ओटा साझा चल्ने बताइएको छ ।

त्यसैगरी साझाको रुट नम्वर ४ मा ८ ओटा बस चल्ने छन् । सो रुट बीएण्डबी हस्पिटलबाट शुरु भइ सातदोवाटो,लगनखेल,कुपण्डोल,त्रिपुरेश्वर,एनएसी,जमल,लाजिम्पाट देखि नारायणगोपाल चोक,गंगालाल हस्पिटलदेखि नारायणथानसम्म पुग्ने छ ।

काठमाडौं महानगरपालिकोको सेयर स्वामित्वमा साझाले नयाँ बस किनेको हो । साझाले मंसिर १ गते यातायात व्यवस्था विभागबाट नयाँ रुटको अनुमती पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्