Logo

यस्तो छ देशभरका सडकको अवस्था, कुन–कुन सडक अझै अवरुद्ध छन् ? (सूचीसहित)

यस्तो छ देशभरका सडकको अवस्था, कुन–कुन सडक अझै अवरुद्ध छन् ? (सूचीसहित)



काठमाडौँ । बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोले अवरुद्ध धेरै सडक खुलाइएका छन् । तर अझै पनि केही सडक खुल्न सकेको छैन । जसका कारण दशैं मनाउनका लागि काठमाडौं उपत्यका बाहिरिने सवारी साधनको चाप बढेको छ ।

सबै सडकहरु खुलिनसकेका कारण सडकमा सवारी साधनको जाम बढेको छ । काठमाडौँ उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलाइएको छ । तर पूर्वी क्षेत्र जोड्ने वीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक अझै खुलेको छैन । बाढी पहिरोले धेरै ठाउँमा पहिरो झरेको र खोलाले सडकका केहि ठाउँमा सडक नै बगाएका कारण गाडी चल्ने टुङ्गो अझै छैन ।

वीपी राजमार्ग, फर्पिङ र कान्ती लोकपथ हुँदै काठमाडौ उपत्यका भित्रिने र बाहिरिने गाडी अझै चल्न नसकेको प्रहरीले जानकारी दिएको छ । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि वीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न ठाउँ तथा फिक्कल गाउँपालिका–२ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका–६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने गाडी चल्न सकेका छैनन् ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले सडक अवरुद्ध छ । यस्तै मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा गाडी चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


कुन–कुन छ खुल्न बाँकी ?

प्रतिक्रिया दिनुहोस्