Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, पुनः रेकर्डनजिक

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, पुनः रेकर्डनजिक



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख ६० हजार ९ सयमा उक्लिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्