Logo

चार अर्ब लागतको भवनमा १ अर्ब बढी भ्रष्टाचारको आशंका, नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

चार अर्ब लागतको भवनमा १ अर्ब बढी भ्रष्टाचारको आशंका, नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा



काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो ।

अख्तियारको टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको छ । चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । भवनको ‘सि ब्लक’ निर्माणकै क्रममा एकातर्फ ढल्किएको थियो । अख्तियारमा परेको उजुरीमा कमसाल सामाग्री र प्राविधि प्रयोग गरी भवन बनाएर क्यान नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्