Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्य बुधबार पुनः प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्दै १ लाख ६० हजार ८ सयमा उक्लिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै १९ सय २५ रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्