Logo

सेबोनले सोमबार नेतृत्व पाउने, सर्वोच्चको निर्देशनअनुसार अध्यक्ष नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सेबोनले सोमबार नेतृत्व पाउने, सर्वोच्चको निर्देशनअनुसार अध्यक्ष नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्देशनबमोजिम धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्ने बताएका छन् । यसअघि सर्वोच्च अदालतले पुरानै प्रक्रियाअनुसार अध्यक्ष नियुक्त गर्न अन्तरिम आदेश दिएको र सोहीअनुरुप अध्यक्ष नियुक्त गरिने बताएका हुन् । उनले प्रधामन्त्री कार्यालयमा मन्त्रीहरुसँगको छलफलमा धितोपत्र बोर्डमा अदालतको निर्देशन बमोजिक मौजुदा व्यवस्था अनुसार तत्काल अध्यक्ष नियुक्त गरिने जानकारी गराएका हुन् ।

तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको पुस २२ गते कार्यकाल सकिएसँगै हालसम्म अर्को अध्यक्ष नियुक्त हुन सकेको छैन । ६२ लाख भन्दा बढी लगानीकर्ता रहेको सेयर बजारको नियामक निकायमा अध्यक्ष नियुक्त नहुँदा थप अन्यौल बढेको छ । सोहीअनुरुप सेबोनलाई तत्काल अध्यक्ष नियुक्त गरि सेयर बजारलाई स्वच्छ र पारदर्शी तरिकाले अघि बढाउनका लागि पनि पुरानै प्रक्रियाअनुसार अब तत्काल अध्यक्ष नियुक्त गरिने प्रधानमन्त्रलिे जानकारी दिए ।

यसअघि प्रचण्ड नेतृत्व सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्नका लागि अन्तरवार्ता आब्हान गर्दा उम्मेदवारहरु नगईदिँदा थप अन्यौलमा परेको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनकै डिजाइनअनुसार तत्कालीन समयमा अध्यक्ष नियुक्ति प्रक्रियालाई असफल बनाइएको थियो । तर, अहिले ओली नेतृत्वको सरकारले पुरानै प्रक्रियाअनुसार सेबोन अध्यक्ष नियुक्त गर्न यहिँ शुक्रबारलाई अन्तरवार्ता आब्हान गरेको छ । अहिलेको अन्तवार्तामा तत्कालीन समयमा अन्तर्वार्ता बहिष्कार गरेका मध्य सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर कार्की सहभागी हुने बुझिएको छ । जसबाट ३ जनाको नाम मन्त्रिपरिषद्का पेश गरी आगामी दिन (आउदो सोमबार)मा वस्ने मन्त्रिपरिषद्को बैंठकबाट टुङ्गो लगाइने उक्त स्रोतले जानकारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफुमाथि ५ अर्ब कमिशन लिएको अघिल्लो सरकारले आफु नजिकका मिडियामार्फत समाचार लेखाएको भन्दै अध्यक्ष नियुक्तिमा लेनदेन नचल्ने बताएका हुन् । ‘यसअघिको सरकारलाई पनि मैले बोर्ड अध्यक्ष वा अन्य कुनै पनि नियुक्ति, सरुवा बढुवा वा हरेक परिस्थितमा लेनदेन गर्न हुँदैन भनेर भनेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि उहाँहरु (तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थ मन्त्री वर्षमान पुन) किन झस्किनुभयो थाहा भएन भोलिपल्टै आफु नजिकका पत्रिकामार्फत मैले ५ अर्ब घुस खान खोज्यो भनेर समाचार लेखाए ।’ उक्त समयमा आफु नेतृत्वको पार्टी सरकारमा भएपनि सेबोन अध्यक्षको विषयमा कुनै पनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै तत्कालस्न समयमा अनावश्यक प्रोपोगाण्डा गरिएको उनको भनाई थियो ।

ओलीले आफु काम गर्न आएको भन्दै कुनै लेनदेनमा नियुक्ति नगर्ने बताए । साथै बोर्ड अध्यक्ष नियुक्तिका लागि कसैले ५ अर्बको डिल गर्न नसक्नेसमेत उनको स्पष्टोक्ति थियो । ‘यदि कुनै व्यक्ति सेबोनको अध्यक्ष हुनलाई ५ अर्ब रुपैयाँ बुझाउँछ भने त्यसले त्यो रकम कहाँबाट ल्याएर दिन्छ ? यो विषय पत्यारलाग्दो नभएको र तत्कालीन समयमा यदि सेबोन अध्यक्षमा लेनदेन हुन्छ भने त्यसलाई अन्त्य गर्नुपर्छ भन्दा तत्कालीन प्रचण्ड सरकार लरबराएको उनले बताए । साथै अहिले पारदर्शी तरिकाले काम गर्ने व्यक्तिलाई आरोप लगाएर विरोध गर्ने काममात्रै भइरहेको प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्