Logo

नेपाल, भारत र बङ्गलादेशबीच आज त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

नेपाल, भारत र बङ्गलादेशबीच आज त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर हुँदै



काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच आज त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो ।

नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक मङ्गलबार काठमाडौँमा सम्पन्न भएको हो ।

बैठकमा नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए ।

नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्